सञ्चारमाध्यम बन्द हुँदा पत्रकार पलायन

  सगरमाथामेल संवाददाता  387 पटक हेरिएको

म्याग्दी । दश वर्षभन्दा बढी समय बेनीमा रेडियो, पत्रिका र अनलाइनमा काम गर्नुुभएका पदम विश्वकर्मा गत भदौमा अस्टे«लिया जानुुभयो । बेनीका अर्का पत्रकार धीरनबहादुर खत्री पनि एकदशक लामो पत्रकारितालाई बिट मारेर वैदेशिक रोजगारीका लागि यसै हप्ता युुएई जाने तयारीमा हुुुनुुुहुुन्छ । विश्वकर्मा र खत्री पेसा छाडेर वैदेशिक रोजगारीमा जाने म्याग्दीका पत्रकार तथा सञ्चारकर्मीका उदाहरण हुुन् ।

पत्रकार महासङ्घ जिल्ला शाखाअन्तरगत तीन वर्षअघि ६२ साधारण सदस्य रहेका थिए । पत्रकार महासङ्घको शुुद्धिकरण अभियानपछि जिल्लामा साधारण सदस्य १२ र अन्य गरेर १५ जनाको हाहाहारीमा पत्रकार तथा सञ्चारकर्मी रहेका छन् । महिला पत्रकारको सङ्ख्या न्यून छ । पत्रकारिता छाडेर व्यापार, व्यवसाय, शिक्षण, वैदेशिक रोजगार र गैरसरकारी संस्थामा जागिर गर्न थालेका छन् ।

पत्रकार महासङ्घका जिल्ला अध्यक्ष प्रकाश पौडेल सञ्चार माध्यम बन्द हुुने र पत्रकार पलायन हुुने दुुःखद अवस्था आएकोमा चिन्ता व्यक्त गर्नुुहुुन्छ । “सञ्चार माध्यम रहे पत्रकार हुुने हो, सञ्चारगृह धमाधम बन्द हुुन थालेका छन्”, उहाँले भन्नुुभयो, “निगरानी र खबरदारी गर्ने भूमिकामा रहेका पत्रकार पलायन हुुँदा समाजमा अनियमितता, विकृति, बेथिति, विसङ्गतिले प्रशय पाउने जोखिम छ ।”

पछिल्लो दुुई वर्षयता बेनीबाट सञ्चालन हँुुदै आएको रेडियो म्याग्दी, म्याग्दी प्रेस दैनिक, म्याग्दी सञ्चार साप्ताहिकले प्रशारण तथा प्रकाशन बन्द गरेका छन् । सम्वृद्ध र मालिका प्रेस साप्ताहिक नियमित प्रकाशन तथा वितरण हुुनसकेका छैनन् । रुप्से सञ्चार सहकारी संस्थाद्वारा प्रकाशन हुँुदै आएको रुप्से दैनिक पत्रिका सहकारीले चलाउन नसकेपछि पत्रकार प्रताप बानियाँलाई जिम्मा लगाएको सो सहकारीका कोषाध्यक्षसमेत रहनुुभएका पौडेलले बताउनुुभयो । केही वर्ष पहिले २० जनाभन्दा बढी जनशक्ति रहेको बेनीको म्याग्दी काली एफएममा हाल चार जना मात्र कार्यरत छन् ।

तथ्य, तथ्याङ, अध्ययन, अनुुसन्धान गरेर समाचार तयार पार्ने, समाजलाई सुुसूचित गराउने पत्रकार नहुँदा समाजमा वास्तविक सूूचना प्रवाह हुुन नसक्ने जोखिम रहेको अग्रज पत्रकार घनश्याम खड्काले बताउनुुभयो ।

“काठमाडौँ, पोखराबाट सञ्चालन हुुने सञ्चार माध्यमले जनशक्ति कटौती गरेका छन्”, उहाँले भन्नुुभयो, “स्रोतको अभावमा जिल्लास्तरका सञ्चार माध्यम पनि बन्द हुुने अवस्थामा पुुगेका हुुन् ।” युुएई जान लाग्नुुभएका पत्रकार खत्रीले पत्रकारिता पेसाबाट धेरै ज्ञान, सीप र अनुुभव हासिल गरे पनि यहाँको आम्दानीले भविष्यमा परिवार चलाउन चुुनौती हुुने देखिँदा केही वर्षका लागि विदेशीन लागेको बताउनुुभयो ।

म्याग्दीका सञ्चार माध्यम सञ्चालक आवद्ध म्याग्दी मिडिया सोसाइटीका अध्यक्ष कमल खत्रीले सञ्चार माध्यम र पत्रकार टिकाउने अहिलेको पेसागत मुुद्दा रहेको बताउनुुभयो । “एकै प्रकृतिका सञ्चार माध्यमको एकीकरण र स्थानीय स्रोत साधनको परिचालन गर्नुुपर्ने देखिएको छ”, उहाँले भन्नुुभयो, “समाजलाई पनि पत्रकारिताको महत्व र आवश्यकता बुुझाउनुपर्ने भएको छ ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार