किराती समाज/समुदायको मुन्दुममा सुम्निमा पारुहाङको महिमा वर्णन प्रशस्त रुपमा पाईने गरीएको छ।मुन्दुम अनुसार सुम्निमा पारुहाङ लाई यो सृष्टिको उत्पती गराऊने,विभिन्न जीव जीवात्माको र सारा चराचर जगतको उत्पत्ती गराऊने सृष्टिकर्ताको रुपमा वर्णन गरीएको छ।त्यस्तै मुन्दुममा सुम्निमा पारुहाङ लाई मामा सुम्निमा पापा पारुहाङ भनेर साकुदिमा-साकुदिवाको रुपमा वर्णन गरेर आदिम माता र आदिम पिता,आदिम पुर्खाको रुपमा पनि लिने गरीएको पाईन्छ।मुन्दुममा अनिवार्य रुपमा महिमा गाईने सुम्निमा पारुहाङको स्केच,प्रतिमाहरु किरात समाजमा पछिल्लो समयमा सृष्टिकर्ताहरु सुम्निमा पारुहाङको आधुनिक युगको आधुनिक मानवहरु जस्तो विभिन्न स्केच,तस्बिर र प्रतिमाहरु बनाऊने कार्य तिब्र रुपमा बढिरहेको छ।तर किरात समाज,समुदायमा सृष्टिकर्ता सुम्निमा-पारुहाङ सृष्टिकालिन समयमा कस्तो हुनुन्थियो ? होला भनेर मुन्दुमले व्याख्या विश्लेषण गरे अनुसारको एउटा प्राज्ञिक बहस र छलफल गरेर सबैको साझा सामुदायिक धारणा बनाएर एउटा निचोडमा पुगीएको पाईएको छैन। सुम्निमा पारुहाङ कुनै पनि आकार प्रकारको नभएको निराकार हुन कि ? जस्ता तर्कहरु किराती समाज समुदायमा बिधमान रहेको पाईएको छ।सुम्निमा पारुहाङ आकार?सहितको? आदिम किराती मानव पुर्खा थिए या बिम्बात्मक रुपमा सुम्निमा र पारुहाङ लाई प्रकृतीको रुपमा लिईएको हो या सुम्निमा पारुहाङ भनेको चेतनाको तह लाई भनिएको हो ? जस्ता आ आफ्नो बुझाई र तर्कहरुका बिषयमा प्राज्ञिक बहस छलफल गरेर एउटा निचोडमा पुग्न सकिएको छैन।
सुम्निमा पारुहाङ लाई किरात समाज/समुदायमा आदिम पुर्खा साकुदिमा मामा सुम्निमा र साकुदिवा/पापा पारुहाङ लाई सृष्टिकर्ताहरुको रुपमा लिने गरिन्छ।त्यस्तै सुम्निमा लाई (हेन्खामा/धर्ती)को रुपमा र पारुहाङ लाई (निनाम्मा/आकाश)को रुपमा लिने गरीन्छ। यो सृष्टिको उत्पत्ती गराऊने सृष्टिकर्ताहरु सुम्निमा र पारुहाङ त्यो सृष्टिकालिन समयमा आदिमयुगमा कस्तो हुनुन्थियो होला? भनेर गहिरो रुपमा चिन्तन मनन साथै कल्पना गरेर मुन्दुमले व्याख्या विश्लेषण गरे झै मुन्दुमी व्याख्याको आधारमा यहां सुम्निमा पारुहाङको स्केच तैयार गरीएको छ।साल्पा सिलिचुङ परीयोजनामा सुम्निमा पारुहाङको प्रतिमा नै मुख्य आकर्षणको केन्द्र भएकोले किरात धार्मिक तथा सांस्कृतिक स्थल साल्पा सिलिचुङ दर्शन गर्न जाने दर्शनार्थीहरुले सुम्निमा पारुहाङको दर्शन गरेर शिर निहुराई पुजा आजा समेत गर्ने भएकोले सुम्निमा पारुहाङ लाई सामान्य मानिसहरु जस्तो मात्र नभएर आदिमयुगको या अलौकिक रुपमा मुन्दुमले व्याख्या विश्लेषण गरेझै मुन्दुमी व्याख्याको आधारमा सुम्निमाको स्केचलाई आधा शरिर हेन्खामा धर्तीको रुपमा र पारुहाङको आधा शरीर (निनाम्मा/आकाश)को रुपमा अनी आधा शरीर आदिमयुगको मानवरुपी आदिम पुर्खाहरुको रुपमा देखाईएको छ ।
यस सुम्निमा पारुहाङको स्केचलाई सृष्टिकालिन समयमा सृष्टिकर्ताहरु सुम्निमा पारुहाङ कस्तो हुनुन्थियो होला? स्केच/प्रतिमा कस्तो हुनुपर्छ ? सुम्निमा पारुहाङ कुनै पनि आकार नभएको निराकार हुन कि ? आकार ? सहितको ? मानव पुर्खा थिए या सुम्निमा र पारुहाङ लाई प्रकृतीको रुपमा या सुम्निमा पारुहाङ भनेको चेतनाको तह लाई मात्र भनिएको हो ? या आदिम पुर्खा हरु नै हुन भन्ने सबै प्रकारको प्राज्ञिक बहस छलफल लाई खुल्ला छाड्दै यस साल्पा सिलिचुङ परीयोजनामा साल्पा सिलिचुङमा राखिने सुम्निमा पारुहाङको प्रतिमाको स्वरुप लाई सकेसम्म मुन्दुमी तायामी मुन्दुमविदहरु,माङ्पाहरु र मुन्दुम अध्येताहरुको ज्ञान–व्याख्या विश्लेषण र सल्लाह सुझाबको आधारमा यस सुम्निमा–पारुहाङको स्केच तैयार पारीएको हो। यस सुम्निमा पारुहाङको स्केच तैयार पार्नको लागी महिनौ दिन भन्दा धेरै मुन्दुमीहरु संग परामर्श गरेर एउटा Concept तैयार गरीयो।यस सुम्निमा पारुहाङको स्केच तैयार पार्नको लागी दिनरात नभनी मलाई मुख्यतः–बौद्धिक रुपमा सुझाब सल्लाह र सहयोग गर्नुहुने मुन्दुमी/तायामी मुन्दुमविद रण बहादुर बोखिम राई Dupduhang Bokkhim ज्यु लाई विशेष धन्यवाद प्रकट गर्दछौ।त्यस्तै चित्रको अन्तिम रुप तैयार गर्न सुझाब सल्लाह दिनुहुने मुन्दुम अध्येता Kamaljung Rai कमलजंङ्ग राई ज्यु र माङ्पा ढक बहादुर राई DB Sohonwa माङ्पा ज्यु लाई साथै यस सुम्निमा पारुहाङको स्केच समग्र प्रारुप तैयार गर्न मलाई सहयोग गर्नु हुने यहाँहरु सम्पूर्ण लाई हार्दिक धन्यबाद ब्यक्त गर्दछौ।कलाकार डिबि याम्फु सर संग दिनरात परामर्श गर्नुहुने Bir Bdr Rai सरलाई विशेष धन्यवाद गर्दछौ।साथै हामीले दिएको गाईडलाईन बमोजिम नै महिनौ दिन सम्म निरन्तर निकै नै मिहिनेत गरेर यस स्केच तैयार पार्नुहुने प्रतिष्ठित कलाकार Db Yamphu Kirat डि.बि याम्फु सरलाई यस मुन्दुमले व्याख्या विश्लेषण गरेझै सृष्टिकालको,आदिमयुगको प्राकृतिक रुपमा रहेको सुम्निमा पारुहाङको ऐतिहासिक स्केच तैयार पारीदिनु भएकोमा हार्दिक बधाई शुभकामना साथै धन्यवाद तथा आभार प्रकट गर्दछौ।यस साल्पा सिलिचुङ परीयोजनाको सुम्निमा पारुहाङको प्रतिमा लगायत विभिन्न मुन्दुमी पात्रहरुको प्रतिमा निर्माण गर्ने पवित्र तथा ऐतिहासिक महाअभियान संगै यस मुन्दुममा व्याख्या विश्लेषण गरेझै तैयार पारिएको यस सुम्निमा–पारुहाङको स्केच पनि किरात समाज/समुदायको निमित्त संसारभरको किरातीहरुको लागी एउटा ऐतिहासिक उपलब्धि हो भन्ने ठानेका छौ।
सुम्निमा पारुहाङ स्केच/प्रतिमाको मुन्दुमी बर्णन
मुन्दुम अनुसार किरातीहरुको आदिम पुर्खाहरु सुम्निमा र पारुहाङ लाई श्रृष्टिकर्ताहरुको रुपमा व्याख्या वर्णन गरेको छ। मुन्दुमले सुम्निमा लाई (हेन्खामा/धर्ती)को रुपमा र पारुहाङ लाई(निनाम्मा/आकाश)को रुपमा व्याख्या वर्णन गरेको छ। किरात राईहरुको भाषामा पारुहाङको शाब्दिक अर्थ = पा भनेको पिता,रु= रमारुङ भनेको सारा चराचर प्राणी जगत, हाङ भनेको राजा अर्थात पारुहाङको शाब्दिक अर्थ = यो चराचर प्राणी जगतको पिता,प्राणी जगतको सृष्टिकर्ता/पिता/राजा भन्ने अर्थ लाग्ने देखिन्छ। सुम्निमा शब्द सुम्दिम सुम्दिमाको शाब्दिक अर्थ न्यानोपन दिने आदिम माता भन्ने अर्थ लाग्ने देखिन्छ।
यस तस्बिरमा मुन्दुमले वर्णन गरेझै सृष्टिकर्ता सुम्निमा लाई हेन्खामा (धर्ती) को रुपमा देखाऊनका लागी सुम्निमाको आधा शरीर लाई हेन्खामा (धर्ती) र आधा शरीर शरीर मानवरुपी पुर्खाको रुपमा देखाईएको छ।सुम्निमाको शिरमा मुन्दुमी फुल पहेलो आम्लाबुङ (सुनाखरी) फुल (सायाबुङ)को रुपमा रहेको छ।सुम्निमाको गलामा आदिम युगको किराती पुर्खाहरुले सांस्कृतिक रुपमा प्रयोग गरेका प्राचीन किराती गहना (माला) वाछुईनारी (पल्लिकमाला) लाई लाई पहिर्याईएको छ।सुम्निमाको दाहिने हातमा मुन्दुमी सोलेन्वा र देब्रे हातमा बेच्छुक(अदुवा रहेको छ।सुम्निमाको कम्मरमुनीको शरीरको भाग मुन्दुमी वनस्पती काहुलोको पातले ढाकिएको छ।सुम्निमाको कम्मरदेखी मुनी आधा शरीर हेन्खामा (धर्ती)मा चोमोलुङ्मा ,साल्पा पोखरी र सिलिचुङ देखाईएको छ।त्यस्तै साल्पा सिलिचुङ क्षेत्रका विभिन्न हिमाल पहाडखोलानाला,वनजंङ्गल र प्राकृतिक रुपमा पाईने मुन्दुमी वनस्पती र साल्पा क्षेत्रमा प्राकृतिक रुपमा पाईने मुन्दुमी फुल फुलिरहेको र समग्रमा सुम्निमालाई मुन्दुममा वर्णित हेन्खामा (धर्ती) को रुपमा र सृष्टिकर्ता आदिम पुर्खाको रुपमा चित्रण गरी देखाईएको छ ।
यस तस्बिरमा मुन्दुमले वर्णन गरेझै सृष्टिकर्ता पारुहाङ लाई निनाम्मा(आकाश) को रुपमा देखाऊनका लागी पारुहाङको आधा शरीर लाई निनाम्मा आकाशको रुपमा देखाईएको छ। पारुहाङको शिरमा मयुंरको प्वांख,सेतो आम्लाबुङ(सुनापाती)को पातको दोलोकोम्मा (मुन्दुमी मुकुट) पहिर्याईएको छ। पारुहाङको गलामा आदिमयुगमा किराती पुर्खाहरुले सांस्कृतिक रुपमा प्रयोग गरेका प्राचिन किराती गहना(माला)वाछुईनारी(पुल्लिक माला) लाई पहिर्याईएको छ।पारुहाङको दाहिने हातमा मुन्दुमी सोलेन्वा र देब्रे हातमा घुङरिङको (सिखिवा) रहेको छ।पारुहाङको कम्मरदेखी मुनिको शरीरको भाग मुन्दुमी वनस्पती कट्टुसको पातले ढाकिएको छ। पारुहाङको कम्मरमुनीको शरीरको भागलाई निनाम्मा (आकाशको तहहरु ) लाई पारु बसेको स्थानको रुपमा देखाईएको छ। सेची सेन्मी माङ्पाले चिन्ता बस्दा पारु खेल्दा सुप्तुलुङ देखी घुरेन सम्मको,घुरेन देखी आधा बाटो र मृतकको लामतुम ३ तुम लाई नजोडेर पारु बसेको स्थान पारु पुग्नको लागी सेचीसेन्मी माङ्पाहरुले ८ तहसम्मको रेप्कातुङ खेलेर पुगिने भएकोल थान देखीको पारु पुग्नको लागी ८ तहको पारु खेल्ने ८ तुम १) बक्सा छोङ २) चेत्चुरी छोङ ३) नाम्ची छोङ ४) कुयु छोङ ५) बिरावा छोङ ६) साम्सेङवा छोङ ७) सापा छोङ ८) सिङ्लु छोङ लाई ८ तलको आकाश निनाम्माको रुपमा देखाईएको छ। समग्रमा पारुहाङलाई मुन्दुममा वर्णित निनाम्मा (आकाश) र सृष्टिकर्ता आदिम पुर्खाको रुपमा चित्रण गरी देखाईएको छ।
अन्तमाः– यस सुम्निमा पारुहाङको स्केच या प्रतिमाको रुप रंग र आवरण बारे भोलीको दिनमा हुने सम्पुर्ण प्राज्ञिक बहस छलफल लाई बांकि दिनहरुमा खुल्ला छाडेर यस साल्पा सिलिचुङको परीयोजनामा प्रतिमाको रुपमा चाडै नै स्थापना गरिने मुन्दुमी व्याख्या विश्लेषण वर्णन सहितको यस सुम्निमा पारुहाङको स्केच र प्रतिमा बारे आऊने सबै प्रकारको बहस छलफल सल्लाह सुझाब र प्रतिक्रिया लाई सम्मान पुर्वक सकारात्मक रुपमा लिईनेछ ।