म बाँच्न चाहन्छु, मलाई बचाउनूस्

  सगरमाथा मेल संवाददाता  337 पटक हेरिएको


दोहा (कतार) । सेवा नै हो धर्म हो । सिन्धुपाल्चोक लिसंखुपाखर-५, १८ किलोनिवासी क्यान्सर पिडित वर्ष ४६ को पुनुदेवि तामाङ भारतको राजिव गान्धी क्यान्सर हस्पिटलमा हाल उपचारार्थ अवस्थामा रहेकी महिला समाजसेवी पुनु तामाङ बचाउनका लागि कतारदेखि पनि आर्थिक सहयोग नेपाल तामाङ घेदुङ कतार र सिन्धुपाल्चोक प्रवासी सेवा समाज कतरमा आबद्ध नेपालि दाजुभाई, दिदिबहिनीबाट ५०२३ रियल आर्थिक सहयोग गरेका छन् ।

क्यान्सर पीडित पुनु तामाङ बचाउ अभियानमा तामाङ घेदुङ का अध्यक्ष इन्द्र तामाङ ज्युले जानाकारि गराए अनुसार बिरामिको उपचारमा निक्कै ठुलो रकम खर्च हुने भएको भन्दै घरकोन पनि आर्थिक अबस्था कम्जोर रहेकाले पुनुको जिवन वचाउन देश तथा विदेशमा आर्थिक सङ्कलन भै रहेको पनि बताउनु भएका हुन । नेपाल तामाङ घेदुङ कतारको अभियान बाट जम्मा रकम करि २९५७ ! त्यसै गरि सिन्धुपाल्चोक प्रवासि सेवा समाज कतार बाट करि २०६६ ! जम्मा करि ५०२३ रियाल नेपालि रु १,७९,६०५! एक लाख उनानसि हजार छ सय पाच रुपैया सहयोग पीडित बिरामीको छोरा सुरज तामाङको खातामा पठाएको सबैमा जानकारी गराएका हुन ।

मानवियता सहयोग गर्नु गरीब दिन दुखी अशक्त असहाय प्राण घातक क्यान्सर जस्ता पीडित बिरामी हरुलाई सहयोग सहायता गर्नु नै मानवीय ठुलो धर्म हो । त्यसैले यस्ता बिरामि आज मलाई मात्र हैन, सबैलाइ पर्न सक्छ, त्यो अबस्थामा सकेको खण्डमा सबैले हातेमाको गर्नु पर्दछ । जुन किसिमले आज मलाई पर्दा यहाँ हरुको सहयोग मिलेको छ त्यस्तै सदैब दिन सुख रहोस सहयोग गर्नुहुने नेपाल तामाङ घेदुङ कतार साथै सिन्धुपाल्चोक प्रवासी समाज कतारमा आवद्व आदरनिय अग्रज व्यक्तित्वज्यु दाजुभाइ तथा दिदिबहिनी लगाएत सम्पुर्णमा बिरामी परिवारको तर्फबाट यहाँहरुको परिवारजनको सुस्वास्थ्य,दीर्घायु,सुख शान्ति,समृद्धि, र सफलताको कामना गर्दै धन्यवाद । यदि कोहि सहयोगि मन हरुले आहयोग गर्न चाहनु इच्छुक महानुभव हरुले बिरामीको छोरा सुराज तामाङको खातामा जम्मा गर्न सक्नुहुनेछ साथै बाकि थप विवरण लिन सक्नु हुनेछ ।

नाम : SURAJ TAMANG
सम्पर्क नम्बर : 97760146991
खाता नम्बर : २०५१५२४१४१५१३०
बैंकको नाम र शाखा : SBI bank (Chuchepati, Kathmandu)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार