साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्धन केन्द्र र साल्पा सिलिछो गाउँपालिकाबीच सम्झौता

  मुलघरे कान्छा  381 पटक हेरिएको

सृष्टिको उत्पत्ती केन्द्र मुन्दुमको प्राण,साल्पा सिलिचुङ संरक्षण हाम्रो अभियान मा यहि मितिः-येलेदोङ ५०८३/वि.सं २०८० साल जेठ २८ गते आईतबारको दिन सिंगो किरात समुदायको निमित्त । एक ऐतिहासिक दिन जो मुन्दुम अनुसार श्रृष्टिको उत्पत्ति केन्द्र,मुन्दुमको उत्पत्ति केन्द्र किरातीहरुको पवित्र मुन्दुमी स्थल,किरात धार्मिक तथा सांस्कृतिक स्थल साल्पा सिलिचुङ लाई संरक्षण प्रवर्द्धन विकास तथा उत्थान गर्दै । साल्पा सिलिचुङ लाई विश्वभरको किरातीहरुको किरात सांस्कृतिक सम्पदाको रुपमा स्थापित गर्न किरातीहरुको साझा संस्था (साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्धन केन्द्र) र स्थानिय (साल्पा सिलिछो गांऊपालिका बिचमा)सम्झौता भएको छ।

यस सम्झौतामा साल्पा सिलिचुङ लाई संरक्षण प्रवर्द्धन विकास तथा उत्थान गर्ने उदेश्यले स्थापना गरीएको (साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्दन केन्द्र अन्तराष्ट्रिय समिती)को तर्फबाट उपाध्यक्ष/Project Director Bir Bdr Rai सर,सचिव Bir Kumar Rai सर सल्लाहकार/Project Coordinator Ramesh Rai सर सल्लाहकार किराया पुर्वअध्यक्ष चतुरभक्त राई ज्यु र साल्पा सिलिछो गांऊपालिकाको अध्यक्ष दौलत कुलुङ ज्यु,र वडा अध्यक्ष ज्युहरु लगायत सयौको संख्यामा स्थानियवासीहरुको प्रत्यक्ष उपस्थितीमा सम्झौता गरीएको छ।

 

साल्पा सिलिचुङमा श्रृष्टिकर्ताहरु सुम्निमा-पारुहाङको प्रतिमा निर्माण गर्ने,मुन्दुमी पुजाथान निर्माण गर्ने साथै विभिन्न मुन्दुमी पात्रहरुको प्रतिमा निर्माण गर्ने विश्वव्यापी अभियानको समेत स्थानिय माङ्पा द्वारा । जेठ २७ गते रातभर ठुलो चिन्ता बसेर मुन्दुमी विधिद्वारा Mission Salpa Silichung Project Opening उदघाटन/शिलान्यास समेत गरीएको छ। यस Salpa Silichung Project चाडै नै यलाखोम स्थित काठमाण्डौमा नेपाल/भारत लगायतको किरात समुदायको विद्वान/बुद्धिजिबी/भद्रभलादमी/सामाजिक/सांस्कृतिक अगुवाहरुको बृहत भेला उपस्थितीमा यस Project Launch/Opening गरीने भएको छ।

हाम्रो Project Launch पश्चात चाडै नै साल्पा सिलिचुङमा सुम्निमा-पारुहाङको प्रतिमा निर्माण तथा Project को कामलाई अगाडि बढाईने छ । यस साल्पा सिलिचुङ संरक्षण प्रवर्दन गर्ने ऐतिहासिक तथा पवित्र अभियान हामी मरेर गएपछि पनि युगौयुग सम्म बाचीरहने भावी सन्ततीहरुले ईतिहासमा सधैभरी सम्झन लायक हुने एक ऐतिहासिक काम हो। यस Salpa Silichung Project जस्तो ऐतिहासिक तथा पवित्र अभियानमा संसारभरका किरात जन्य संघ/संस्था तथा विश्वभरको किरातीहरु लाई जोडिनको लागी हार्दिक अपिल गर्दछौ । साथै यस ऐतिहासिक तथा पवित्र अभियान लाई साथ सहयोग समर्थन गर्नको लागी विश्वभरी छरिएर रहनुभएका सम्पुर्ण किरातीहरुमा हार्दिक आवहान गर्दछौ।

साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्दन केन्द्र अन्तराष्ट्रिय समिती !

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार