एमालेलाई एक्ल्याउने प्रचण्ड नेतृत्व सरकारको धृष्टता

  सगरमाथामेल संवाददाता  135 पटक हेरिएको

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रधानमन्त्रीलाई विश्वासको मत दिने आधार र कारण एमालेले नदेखेको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि भएको छलफलमा पौडेलले एमाले उक्त प्रस्तावको विपक्षमा उभिने विचार प्रकट गरे ।

प्रतिनिधिसभाको निर्वाचनपछि एमाले राष्ट्रिय सहमतिका पक्षमा रहेको तर अहिले एमालेलाई मात्र एक्ल्याइएको भन्दै उनले एमालेविनाको कस्तो राष्ट्रिय सहमति खोजिएको हो भनी जिज्ञासा राखे । उनले भने, “राष्ट्रिय सहमतिका नाममा एमालेलाई एक्लो बनाउने, किनारा गराउने, शत्रुता र कटुताको परिस्थिति निम्त्याएर राष्ट्रलाई द्वन्द्वतर्फ धकेल्ने काम गरिएको छ ।” उनले स्थिरताका नाममा अहिले भइरहेका अभ्यासले राजनीतिक स्थिरता होइन, अस्थिरता हुने खतरा देखिएको बताए ।

मुलुकको अर्थतन्त्रबारे प्रधानमन्त्रीले राखेको अभिव्यक्तिबीच मेल नखाएको बताउँदै पूर्वअर्थमन्त्री पौडेलले विभिन्न कारणबाट मात्रै विदेशी मुद्राको सञ्चित सकारात्मक हुन पुगेको दाबी गरे । “हाम्रो राजस्वले साधारण खर्च पनि धान्न नसक्ने अवस्था छ । पुँजीगत खर्चको अवस्था पनि त्यति उत्साहजनक देखिन्न, उनले थपे, ‘सरकार संसदीय अंकगणितमा केन्द्रित हुँदा धराशयी हँुदै गएको अर्थतन्त्र सुधार गर्नेतर्फ ध्यान केन्द्रित हुने संकेत देखिन्न ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार