काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को विधान अधिवेशन मूल व्यवस्थापन समिति बैठक आह्वान गरिएको छ ।
पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीको संयोजकत्वमा बैठक चैत ७ गते मङ्गलबार बस्नेगरी आह्वान गरिएको कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए ।
थापाका अनुसार विधान अधिवेशन तयारी, आवश्यक उपसमिति गठनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । जसपाले विधान संशोधनका लागि विधेयक तयार गरिसकेको जनाएको छ ।
चैत १५ भित्र विधान मस्यौदामाथि सुझाव पठाउन मातहत समितिलाई निर्देशन पनि दिइसकिएको उनले जानकारी दिए । जसपाले चैत २७, २८ र २९ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।