जिन्दगीलाई अब अत्मसमीक्षा गर्छु

गीत

  गजेन्द्र खालिङ राई  177 पटक हेरिएको


जिन्दगीलाई अब अत्मसमीक्षा गर्छु
फूलैफूलको सुगन्ध फैलाउने वाचा गर्छु ।

आधा उमेर त्यसै बित्यो कुन भुमरीमा फस्यो
यति धेरै प्राथमिकता दिँदादिँदै बाटो मोड्नुप¥यो ।

विद्रोहीको नाम दिएर चिनाउन खोज्यौ
मित्रताको सम्बन्धलाई दुस्मनको रूप लियौ ।

सुनाखरी फूलजस्तै फुलिदिने रहर मेरो
उनको दिल सुख्खा हुँदा फुल्ने चाहना मेरो ।

आँखा मेरो रसाउँदै सागर बनी बगिरहोस्
छटपटी हुँदै गर्दा पिएर आँसु प्यास मेटोस् ।

जिन्दगीलाई अब अत्मसमीक्षा गर्छु
फूलैफूलको सुगन्ध फैलाउने वाचा गर्छु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार