दोषी समाज दिउँसै डस्ने गाउँ छ कि छैन
तिम्रो दिलमा म बस्ने ठाउँ छ कि छैन ।
भनिदेऊ सबै कुरा पछि पोल खुल्ला फेरि
मैले हाँस्दा अरू रुने घाउ छ कि छैन ।
विरहमा अतीत सम्झी मुटु दुख्छ कहिलेकाहीं
खसे आँसु बने सागर तर्ने नाउ छ कि छैन ।
संसार स्वार्थी भइसक्यो भर कसको कसलाई
यात्रा थाली दोबाटोमा मोड्ने दाउ छ कि छैन
मायासँगै गि¥यौ भने धेरै ताली बज्छ यहाँ
तल माथि गरिरहने भाउ छ कि छैन ।