कतार । नेपाल प्रवासी तामाङ समाज कतार द्वारा स्थापित शैक्षिक बिकास कोषको प्रवर्द्धनका लागि ऎतिहासिक “तेश्रो डम्फु साँझ” कार्यक्रम गर्ने भएको छ ।
नेपाल प्रवासि तामाङ समाज कतारले मिति ९ जुन २०२३ शुक्रबार का दिन दोहाको नज्मा स्थित रोयल नेपालि रेस्टुरेन्टमा प्रत्रकार सम्मेल गर्दै तामाङ समुदायको मौलिक बाजा “डम्फू” को संरक्षण गर्ने उदेश्यका साथ नेपाल बाट आमन्त्रित चर्चित गायक तथा संगितकार उर्गेन दोङ, चर्चित सेलो गायक तथा संगितकार बैरागी मोक्तान, चर्चित म्हेन्दोमाया गायिका तथा RJ सविना तामाङ र चर्चित स्थानीय कलाकार हरुको साथमा तेश्रो डम्फू साँझ गर्न गइरहेको हो ।
अध्यक्ष सुबास तामाङ ज्युले यस कार्यक्रम बारे स्पष्ट पर्दै भन्नु भयो डम्फू साझ गर्नुको मुख्य उदेश्य प्रवासमा रहेर पनि आफ्नो मौलिक सास्कृति उत्थान गर्न सकिने र तामाङ जातिको एक पहिचान रहेको बताए । तामाङहरुको मौलिक बाजा हाम्रो पुर्खाले दिएको स्वर्णिम उपहार डम्फू लाई विश्व सामु चिनाउन, संरक्षण गर्न र डम्फूको इतिहास र महत्वबारे बर्तमान पुस्तालाई बुझाउन,भावी पुस्तालाई हस्तान्तरण गर्ने हेतुले कार्यक्रम गर्नका साथै शैक्षिक बिकास प्रवर्द्धन गर्नका निम्ति गरिएको हो । यस डम्फू बाजा तामाङको मात्र नभै यो नेपाल रास्ट्रको नै बाजा समेत रहेको बताउनु भयो र सम्पुर्ण जातजाति लाई पनि यस्को महत्त्व र विशेष्ता तामाङ जातिले बुझाउन सक्नु पर्ने बताए ।
कतारमा कार्यरत तामाङ तथा गैर तामाङ संघ सस्था बुद्धिजीवी समाज सेवि दाजुभाइ तथा दिदिबहिनीहरुमा उपस्थितिको लागि नेपाल प्रवासि तामाङ समाज कतारको हार्दिक निमन्त्रण रहेको छ । शैक्षिक बिकास कोष खडा गर्ने गरि कार्यक्रम गर्न लागेको र नेपालमा दुखि असाय गरिबि हरुलाई शिक्षा दिनका निम्ति भएपनि शैक्षिक बिकास कोषको आबस्यक्ता रहेको र बिगतमा पनि तामाङ समाज कतारले धेरै नै सहयोग गर्दै आएका जनाए ।
यस डम्फु साझ एउटा रमाइलो मात्र नभै तामाङ जातिको यो पहिचान झल्किने सास्कृति लाई विश्व सामु रहेका नेपालि हरुलाई यस्को विशेषता बुझाउनका निम्ति पनि रहेको बताउनु भयो डम्फु साझा कार्यक्रमका सम्योजक नर घिसिङ तामाङ ज्युले । यहि मिति २३ जुन २०२३ शुक्रबारका दिन दोहाको D Ring Road द मल्ल नकिकै रहेका रेजेन्सि हलम ठिक दिनको समय ११: ३० बजे बाट सुरुने यहाँ हरु सम्पुर्णमा जानकारी सुचान जाहेर गरिएको पनि जनाएका हुन ।