शेर्पा किदुग दोहा कतारको चौथो अधिवेशन सम्पन्न

  सगरमाथा मेल संवाददाता  697 पटक हेरिएको

कतार । भाषा धर्म कला संस्कृति हाम्रो पहिचान जातिय र सामाजिक सद्भाव हाम्रो स्वाभिमान भन्ने नाराका साथ कतारमा २०१७ मा स्थापना भएको शेर्पा किदुङको चौथो अधिवेशन मिति १६ जुन २०२३ शुक्रबारका दिन सनैया प्लाजा मलको सेन्चुरि रेस्टुरेन्टको सभा हलमा सप्पन्न भएको हो । चौथो अधिवेशन बाट सस्थाका महासचिव रहेका शेर्पाको अध्यक्षतामा २३-२५ दुइ वर्षका लागि १५ जनाको नयाँ कार्यसमिति चयन भएका हुन । अध्यक्षमा श्री पेम्बा शेर्पा वरिष्ठ उपाध्यक्ष श्री ङवाङफुरी शेर्पा उपाध्यक्ष श्री रबिन शेर्पा महिला उपाध्यक्ष श्री ल्हेमी शेर्पा महासचिव श्री सम्देन शेर्पा सचिव श्री देन्जो शेर्पा कोषध्यक्ष श्री गोम्बु शेर्पा सह कोषध्यक्ष श्री सोनाम डाेमा शेर्पा रहेका छन ।

त्यसैगरि सदस्यमा श्री पेमा शेर्पा /सदस्य श्री निम् फुर्बा शेर्पा/ सदस्य श्री पेम् दोर्ची शेर्पा / सदस्य श्री दिलिप शेर्पा / सदस्य श्री लाक्पा देन्डि शेर्पा /सदस्य श्री सुनिता शेर्पा / सदस्य श्री निमा डाेमा शेर्पा रहेका छन । यस कार्यक्रमको प्रमुख अथितिमा आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष DN Magar Upahar को प्रमुख आतिथ्यमा र सभापतिमा Tenji Sherpa Nawa रहेको थियो साथै विशेष अथितिमा आदिवासी जनजाति महासंघ कतार प्रमुख सल्लाहकार / सल्लाहकार ज्युहरु मातृ सस्थाका प्रमुख प्रतिनिधि ज्युहरु NRNA NCC कतारका प्रथम उपाध्यक्ष जैबि चाम्लिङ र पत्रकार ज्यु हरु राखिएको थियो । औपचारिक रुपमा संचालन भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि DN Magar Upahar ज्युले प्रवासमा भएर पनि आफ्नो मौलिक पहिचान, जाती धर्म, संस्कार,संस्कृतिको संरक्षण सम्बर्द्धन प्रबर्द्धनमा शेर्पा किदुग दोहा कतारले उल्लेखनीय भुमिका खेलेको भन्दै प्रशंसा गरेका थिए । जातीय पहिचानको निम्ति एकजुट हुनुपर्ने आवश्यकता रहेको औंल्याउदै, नयाँ बन्ने कार्यसमिति अब्बल र सफल बनोस भन्दै आफ्ना मन्तव्य राखेका थिए । NRNA NCC कतारका प्रथम उपाध्यक्ष जैबी चाम्लिङ राइले पनि आफ्नो शुभकामना मन्तव्य राख्दै नयाँ बन्ने कार्यसमिति प्रती आफ्ना सुभकामनाका भनाइ हरु राखेका थिए ।

कार्यक्रम प्रमुख अथिति DN Magar Upahar साथै सभापति Tenji Sherpa Nawa लागाएत विशेष आथिति र लामा द्वारा दिप प्रज्वल गरि उद्घाटन गरिएको थियो भने सस्थाका वरिष्ठ उपाध्यक्ष Ngwang Phuri ज्युले सस्थाको तर्फबाट सम्पुर्ण उपस्थित अथिति ज्युहरुला स्वागत मन्तव्य राखेका थिए । महासचिव Pemba Sherpa ज्युले सहजीकरण गरेको थिए । संस्था किन स्थापना गरियो र यस्का उदेश्यका बारेमा संक्षिप्त जानकारी उपाध्यक्ष रबिन शेर्पाले प्रष्ट पारेका पारेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै सभापति Tenji Sherpa Nawa ज्युले शेर्पा किदुग कतारले गरेका विभिन्न कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिदै सबैको साथ सहयोग लिएर संस्थाको गरिमा थप उचाईमा पुर्याउने बताए । दोहा कतारमा २०१७ मा शेर्पा किदुग दोहा कतार स्थपना भएता पनि सस्थाले विभिन्न किसिमका पहिचान झल्किने र शेर्पा समुदाय अन्तरास्ट्रियमा चिनाउने आफ्नो भाषा धर्म सस्कार सस्कृतिलाई चिनाउने काम जस्ता गर्दै आएको छ । यस सस्थाले स्थापना काल देखिनै दोहामा भएका श्रमजीवी पीडित वर्गहरु साथै स्वदेशमा शेर्पा समुदाय समाजमा भै परि आएका दुख पिडा हरुमा पनि सामाजिक मान्यता र मानवियतको नाता सम्बन्धले कुनै पनि दुखमा परेका हरुलाई सहयोग गर्दै पनि आइरहेको छ ।

आगमि दिन हरुमा पनि त्यस्ता किसिमा समस्या परि आएका खण्डमा साथ सहयोग रहने पनि जानकारि दिए Pemba Sherpa ज्युले कार्यक्रम लाई थप मनोरञ्जन दिलाउन सास्कृति कार्यक्रम पनि राखिएका थिए भने स्थानिय कलाकारहरुमा देन्जो शेर्पा,सुनिता शेर्पा,सम्देन शेर्पा,डाेमा शेर्पा,आङ् लाक्पा शेर्पा, अनिता तामाङ लगायतका कलाकार हरुले शेर्पा मौलिक सेर्बु नृत्य, नेपाली लगायत अरु नृत्य तथा गायन पस्किएका थिए । अन्तमा : कार्यक्रमको समापन कार्यक्रमका सभापति नि बर्तमान अध्यक्ष Tenji Sherpa Nawa ज्युले नयाँ कार्य समितिलाई सफल कार्यकालको सुभकामना दिदै समापन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार