वसन्त फुल्यो अनि मुस्कुरायो

वसन्त गीत

  नवशिला  261 पटक हेरिएको


वसन्त फुल्यो अनि मुस्कुरायो,
निलो भो आकास खुलेर आयो।

गुराँस ले ढाक्यो हेर बनलाई,
खाफल चरीले पनि गीत गाइ।

सुकेको बृक्षले पनि पात पायो,
बसन्त फुल्यो अनि मुस्कुरायो।

भर्दैछे संगीत कोईली चरीले,
थाल्यो रुझाउन यो बर्षे झरीले।

ढुकुरले चाँपमा हेर गुँड लायो,
बसन्त फुल्यो अनि मुस्कुरायो।

गोठाला नि लागे हेर लेक तिर,
मूल फुट्न थाले बनका ति शिर।

डाँफे चरी नाच्दै पंख फिजायो,
बसन्त फुल्यो अनि मुस्कुरायो।

किसान रमाएर अँनौ समाए,
खेतबारी जोतेर अन्न फलाए।

बाँझो बारीमा पनि बैश आयो,
बसन्त फुल्यो अनि मुस्कुरायो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार