दैनिक ५० जनालाई श्रम स्वीकृति

  गजेन्द्र खालिङ राई  169 पटक हेरिएको


दोहा (कतार) । कतारमा रहेको नेपाली राजदूतावासले श्रम स्वीकृति दिने भएको छ । दूतावासले सूचना प्रकाशित गर्दै कतारमा रहेका नेपाली श्रमिकलाई श्रम स्वीकृति दिने जनाएको छ ।

नेपाली कूटनीतिक नियोगबाट श्रम स्वीकृति प्रदान गर्न नेपाल सरकार सम्माननीय प्रधानमन्त्रीस्तरको निर्णयबमोजिम दूतावासबाट २०८० वैशाख १२ देखि पुनः श्रम स्वीकृत प्रक्रिया सुरु गर्ने भएको हो । सेवाग्राहीलाई दैनिक ५० वटा टोकन उपलब्ध गराउनेछ ।

श्रम स्वीकृतका लागि पासपोर्ट, कतारको आईडी कार्ड, करार सम्झौतापत्र, पुरानो श्रम स्वीकृति, कतार आएको मिति प्रस्ट देखिने कागजात अपलोड गर्नुपर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार