दोहा (कतार) । छैटौं अधिबेशन बाट सर्बसहमतिमा चुनिए । २८ अप्रिल २०२३ शुक्रबारका दिन सनैयाको प्लाजा मल ह्वाइट हाउस रेस्टुरेन्टको सभा हलमा भएको छैटौं अधिवेशन बाट सस्थाका महासचिव रहेका घिसिङको अध्यक्षतामा २३/२५ दुइ वर्षका लागि नयाँ काएयसमिति चयन भएका हुन प्रथम उपाध्यक्ष रविन कार्की, द्वितीय उपाध्यक्ष सुकदेव खड्का, महिला उपाध्यक्ष रेणुका लामा, महासचिव आशिष तामाङ, सचीव कविता खत्री, कोषाध्यक्ष शुभराज सुनुवार, सह -कोषाध्यक्ष जित बहादुर खत्री ।
त्यसैगरि सदस्यहरुमा प्रकाश दर्नाल, उग्रेन लामा,मोहन मोक्तान, मैना तामाङ,सुधिना तामङ, सोनाम शेर्पा, राजु मगर, राजन कुमार नेपाली र लेमे शेर्पा चयन रभएका हुन । यस कार्यक्रमको प्रमुख अथितिमा दोहाको व्यबासाहि सामाजसेबि बुद्धिजीवी व्याक्ति सागर नेपाल को प्रमुख आतिथ्यमा र सभापतिमा ललिकुरा तमाङ रहेको थियो साथै विशेष अथिति NRNA ICC का सदस्य तेज कटुवाल , NRNA NCC कतारका प्रथम उपाध्यक्ष जैबि चाम्लिङ नेपाल बाट प्रेस चौतारीका केन्द्रीय सदस्य जनता टाइम्सका सम्पादक यासिमा महमद त्यसैगरि दोहाका बैचारिक सस्थाका प्रमुख संघ सस्थाका प्रमुख प्रतिनिधि हरुको आथित्यमा बाक्लो उपस्थिति रहेको थिए भने सुभकामना मन्तव्य पनि राखिएको थियो ।
दोहा कतारमा २००४ मा स्थपना रामेछाप सेवा समाज कतार भएको थियो त्यो समय अहिलेको जस्तो थिएन भने जुन बेला दोहामा राजदुतावास समेत थिएन त्यो बेला यस्तै संघ सस्थाको समन्वयमा धेरै श्रमिक हरुको समस्याको समाधान गर्ने गरेका थिए । त्यो बेला महिला दिदिबहिनीहरुको पनि उपस्थिति भने थिएन भए पनि भेट्न त के बोल्न पनि पाइन्न थियो तर अहिले निक्कै महिला दिदिबहिनी बहिनि हरुको बाक्लो उपस्थिति रहेका छन भने संघ सस्थाका नेतृत्व पनि समालेर बसेका छन । यस सस्थाले स्थापना काल देखिनै दोहामा भएका श्रमजीवी पीडित वर्गहरु साथै जिल्लामा भै परि आएका दुख पिडा हरुमा पनि सामाजिक मान्यता र मानवियतको नाता सम्बन्धले कुनै पनि दुखमा परेका हरुलाई सहयोग गर्दै पनि आइ रहेका छ ।
आगमि दिन हरुमा पनि त्यस्ता किसिमा समस्या परि आएका खण्डमा साथ सहयोग रहने पनि जानकारि दिए घिसिङ्ले कार्यक्रम लाई थप मनोरञ्जन दिलाउन सास्कृति कार्यक्रम पनि राखिएका थिए भने गायिका गुना मगर अमृत लिम्बुले अथिति लगाएत उपस्थिति दर्शक श्रोता हरुलाई गायन मार्फत मनोरञ्जन दिलाई नचाएकापनि थिए । सस्थाका विशिष्ट ब्याक्ति हरुलाई दोसल्ला ओढाइ सम्मान पनि गरेका थिए अन्तमा : कार्यक्रमको समापन कार्यक्रमका सभापति नि बर्तमान अध्यक्ष ललित कुमार तमाङ ज्युले नयाँ कार्य समितिलाई सफल कार्यकालको सुभकामना दिदै समापन गरेका थिए ।