कतारमा सामूहिक उँभौली मनाइने

  गजेन्द्र खालिङ राई  333 पटक हेरिएको


दोहा (कतार) । कतारमा रहेका किरात समुदायले वैशाखे पूर्णिमा (उँभौली) मनाउने तयारी थालेका छन् । कतारमा स्थापित किरात राई यायोख्खा कतार र सुनुवार सेवा समाज कतारको सामूहिक प्रयासमा साकेला सिली र सालिवा स्यादर पिदार ५०८३ उँभौली मनाउने तयारी थालिएको हो ।

२०२३ मे ५ शुक्रबार भव्य रूपमा उँभौली मनाउने तयारी भइरहेकोे किराया कतारका कार्यवहाक महासचिव राजु राईले जानकारी दिनुभयो ।

विगत वर्षहरूमा जस्तैै यसपटक पनि संयुक्त रूपमा चक्रीय प्रणालीअनुसार उँभौली मनाइने सुनुवार सेवा समाज शाखा, कतार र किरात राई यायोख्या रहेका छन् । कार्यक्रम सुनुवार सेवा समाज शाखा, कतारको संयोजकत्वमा हुनेछ ।

उँभौली किराती समुदायको महान् चाड हो । उँभौलीलाई किरात सुनुवार समुदायले सालिवा स्यादर पिदार, किरात राई समुदायले उँभौलीका रूपमा मनाउने गर्छन् ।

कार्यक्रममा दोहामा रहेका संघ संस्थासम्बद्ध बुद्धिजीवीका साथै किराती तथा गैरकिरातीको उपस्थितिमा स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने बताइन्छ ।

किरात समुदायमा वैशाखे पूर्णिमामा अन्नबाली लगाउने, लगाएका बालीनाली सप्रियोस् भनेर भूमि र पितृलाई पुज्दै चेली–माइती, नरनाताबीच ढोल–झ्याम्ट बजाई प्रकृति पुज्ने गरिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार