नेपाल तामाङ घेदुङ कतार अधिबेशन सम्पन्न

  गजेन्द्र खालिङ राई  258 पटक हेरिएको

दोहा (कतार) २८ अप्रिल २०२३ शुक्रबारको दिन एसियन टाउन प्लाजा मलको सेन्चुरि रेस्टुरेन्टको सभा हलमा कार्यक्रम गरेका थिए । नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारले २७ जनवारी २३ को दिन साेनाम ल्हाेछार- २८५९ लाई भव्य रुपले सफल पार्न । ग्रेन गे दिम खरिदकाे लागि आर्थिक अभियान पूरा गराैं भन्ने उदेश्यका साथ ( सोनाम ल्होछार) नेपाल तामाङ घेदुङ कतारले बृहत रूपमा सम्पन्न गरेको थियो । सो कार्यक्रममा सहयोग गर्नु हुने आर्थिक, भौतिक, सामाजिक, तथा पत्रकार, संयमसेवक, यातायात, कलाकारहरुलाई सम्मान पत्र तथा मायाको चिनो दिएर सम्मान गरेको थियो । सम्मान कार्यक्रमका सभापति मुल समितिको अध्यक्ष ईन्द्र बहादुर तामाङको रहेको थियो भने प्रमुख अथिति तामाङ धेदुङ संघीय सदस्य तथा घेदुङ कतारका संरक्षक बिनेस तामाङ रहेका थिए ।

भतृ संगठनहरुको अधिवेशनको सभापतिमा नेपाल तामाङ घेदुङ कतारका नेपाल ताम्बा घेदुङ कतारको अध्यक्ष राम बहादुर पाख्रीन तामाङले गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल तामाङ घेदुङ संघीय सदस्य तथा कतार घेदुङको संरक्षक विनेश तामाङले आफ्नो शुभकामना मन्तव्य राख्ने क्रममा । नेपाल आदिवासी जनजाती महासंघ कतारले नेपाल तामाङ घेदुङ कतारसँग वर्तमानमा समन्वय गर्न नसक्नुमा महासंघको कमजोरीलाई औल्याउँदै त्यहाँ भित्र रहेको मातृ संस्था तामाङ समाज कतारलाई घेदुङले संस्था एकीकरणको लागी पटकपटक आग्रह गरेपनि विभिन्न बहानामा आलटाल गरेको बताएको थियो । कालान्तरमा एकीकरण नभई विकल्प नरहेको पनि बताउए को थियो नेपालमा ताम्सा ताम्सा अभियान पनि संचालन गर्ने तयारि पोखारामा हुने बताउदै । पुर्बि पाचथार का एक गाउँमा ८०/८५ घर धुरि रहेका तामाङ हरुले घेदुङ्को केन्द्रिय कार्यलयमा आएर मात्री भाषा पनि पठा पाठन गर्नु बताएका थिए । नेपाल तामाङ घेदुङ कतारका संस्थापक अध्यक्ष तथा वर्तमान प्रमुख सल्लाहकार योगेन्द्र तामाङले सहयोग दाता तथा सहयोगी हातहरुलाई स-धन्यवाद दिदै नेपालमा अहिले भइ रहेको सभ्यता र पहिचानको आन्दोलनको बारेमा तामाङहरु पनि अब जागरुक हुनु पर्नेमा जोड दिएको थियो ।

संविधानले गरेको ब्यबस्थामा पहिचान सहितको संघीयताको बारेमा आफ्नो भनाई राख्दै राज्यले तामाङहरु माथि गरिएको विभेद र दमन भइ बताएका थिए । संघीय लोकतान्त्रिक गणतन्त्रमा समानुपातिक समावेशी आत्मा निर्णय र स्वतन्त्र धर्म निरपेक्षको संविधान ऐनमा ब्यबस्था भए ता पनि तामाङ हरुलाई त्यो ब्यबस्थाले नछुएको र तामाङहरु माथि बारम्बार राज्यपक्षबाट विभिन्न लाल्छ्ना लगाई गाइ काटेको कसुरमा दोषि ठहर गर्दै जेल जिवन विताई रहनु परेको बताइएको थियो । तामसालीङको तामाङहरुले अहिले प्रदेश नं १ मा पुनः नामङ्कनको आन्दोलनलाई पर्मा लगाई राख्न पनि अनुरोध गरेका थिए। आफ्नो भाषा संस्कृत पहिचान र सभ्यताको सुनिश्चितता हुनुपर्छ भन्ने माग मुद्धाहरुको उठान गरिरहदा नश्लिवादी चिन्तनले ग्रसित नेताहरुले आतंककारी घोषित गर्नुलाई पक्षपाती राजनीतिक भएको बताएको थिए। नेपाल तामाङ घेदुङले अंगिकार गरेको विधानमा तामाङहरु हक अधिकार भाषा लिपि संस्कृति पहिचान र तामाङसालिङको हितमा ब्यवस्था भएकाले सम्पुर्ण तामाङहरु त्यस विधि पद्धति र मार्ग् दर्शनमा हिड्न अनुरोध पनि गरेका थिए । कार्यक्रमको सहजीकरण संस्थाका महासचिवले विकास लामा तामाङले गर्नु भएको थियो विशेष अतिथि नेपाली सम्पर्क मञ्च कतारको स्वागत मन्तव्य संस्थाको बरिस्ठ उपाध्यक्ष वाङजु लामा तामाङले राख्ने भएको थियो । संस्थाका उपाध्यक्ष सनक बोम्जन तामाङ महिला उपाध्यक्ष कुमारी बेलि गोले संस्कृति घेदुङ कतारका अध्यक्ष हिरे तामाङ खोटाङ सेवा समाजका बरिस्ठ उपाध्यक्ष डिल्लि शेर खत्री ल्होछार कार्यक्रमलाई ठुलो मात्रामा धन राशि सहयोग गर्नु हुने जोहेब तामाङले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

संस्थाको अध्यक्ष तथा कार्यक्रमको सभापति ईन्द्र बहादुर तामाङले तामाङहरुको भाषा धर्म संस्कृतिलाई जिवन्ता बचाई राख्ने तामाङहरुको एकमात्र संस्था नेपाल तामाङ घेदुङ रहेकोले सम्पूर्ण आगन्तुक उपस्थित तामाङ दाजुभाइ दिदीबहिनीहरुलाई आजीवन सदस्य लिन आग्रह गर्नु भएको थियो । साथै नेपालमा हालै तामाङहरुको भवन खरिद कार्यमा पनि आफ्नो इच्छाअनुसार सहयोग गर्न पनि आग्रह गर्दै ल्होछार कार्यक्रम मा सहयोग गर्नु हुने सम्पुर्ण लाई कृतज्ञता ब्याक्त गर्नु हुदै सम्मान कार्यक्रमलाई विसर्जन गर्नु भएको थियो। भातृ संगठनका संगठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन संस्कृति घेदुङ, लामा घेदुङ , र ताम्बा घेदुङको एकमुष्ट रूपमा ताम्बा घेदुङ कतारको सचीव भिमराज स्याङबो तामाङले प्रस्तुत गर्नु भएको थियो भने संस्कृति घेदुङ कतारको कोषाध्यक्ष गौतम तामाङले आर्थिक आयब्य प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । भातृ संगठनका सभापति ताम्बा घेदुङको अध्यक्ष रामबहादुर पाख्रीन तामाङले सबै भातृ संस्थाहरुले सफल कार्यकाल भएको बताएका थिए दुइ बर्षे कार्यकालमा १९ पटक मासिक बैठक र दुइ पटक राष्ट्रिय स्तरको कार्यक्रम गर्न सफल रहेको संस्थाले कोषमा पनि मजबुत रकम रहेको बताउदै २०२१/२०२३ को अध्यक्ष लगायत कार्यसमितिलाई धन्यवाद दिदै नयाँ कार्यसमितिलाई अग्रीम बधाई दिनु हुदै अधिवेशनको खुल्ला शत्र विसर्जन गरेको थिए ।

नेपाल तामाङ ताम्बा घेदुङ, प्रवास कार्यसमिति कतार

1. अध्यक्ष : राम ब.पाख्रीन तामाङ 2. उपाध्यक्ष : विनय लामा तामाङ 3. महिला उपाध्यक्ष : शर्मिला तामाङ 4. सचिव : जयमान बम्जन तामाङ 5. सह-सचिव : काजीमान पाख्रीन तामाङ 6. काेषाध्यक्ष: नाैमान स्याङ्तान तामाङ 7. सह-काेषाध्यक्ष : लाले गाेले तामाङ 8. सदस्य : सिताराम थाेकर 9. सदस्य : विष्णु लाल घिसिङ तामाङ 10. सदस्य: बुदन सिं तामाङ 11. सदस्य : कुसुम लाेप्चन तामाङ 12. सदस्य : राधिका घले तामाङ 13. सदस्य : रविन्द्र स्याङ्बाे तामाङ 14. सदस्य : टेक ब. तामाङ 15. सदस्य : रन्जना तामाङ 16. सदस्य : संगिता बम्जन तामाङ 17. सदस्य : लक्ष्मी लाे तामाङ 18. सदस्य : विमला घिसिङ तामाङ 19. सदस : रेलि थिङ तामाङ ।

संस्कृति घेदुङ प्रवास कार्यसमिति कतार

1. अध्यक्ष : सुर्जे ब. तामाङ 2. उपाध्यक्ष : गाैतम माेक्तान तामाङ 3. उपाध्यक्ष : मान ब.तामाङ 4. महिला उपाध्यक्ष : कमला घिसिङ तामाङ 5. सचिव : धन कुमारी तामाङ (सपना) 6. सह- सचिव : समीर तामाङ 7. काेषाध्यक्ष : सम्झना तामाङ (आईती) 8. सह – काेषाध्यक्ष : पर्वती तामाङ 9. सदस्य : माया थाेकर तामाङ 10. सदस्य : सन्जिता माेक्तान 11. सदस्य : अस्मिता तामाङ 12. सदस्य : अनिसा तामाङ 13. सदस्य : पन्छि माया तामाङ 14. सदस्य : असली माया तामाङ (प्रिया) 15. सदस्य : राजन थाेकर तामाङ ।

युवा घेदुङ प्रवास कार्यसमिति कतार

1. अध्यक्ष : सिगं ब. तामाङ ( सिजन) 2. उपाध्यक्ष : दिल कुमार तामाङ 3. सचिव : दिल बहादुर तामाङ 4. काेषाध्यक्ष : शंकाराम तामाङ 5. सह- काेषाध्यक्ष : प्रेम तामाङ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार