नेपाल तामाङ घेदुङ कतारले मनाए बुद्धजयन्ती

  सगरमाथा मेल संवाददाता  187 पटक हेरिएको

दोहा (कतार) । २५६७ औं बुद्ध जयन्ती विश्व शान्तिको कामना सहित एक कार्यक्रकाबीच कतारमा सम्पन्न गरियो । नेपाल तामाङ् घेदुङ प्रवास कार्यसमिति कतार मुख्य आयोजक र उक्त संस्थाको ५ भातृ संगठनको संयुक्त सह आयोजनामा सनैयाको प्लाजा मल सेञ्चुरी रेस्टुेन्टको सभा हलमा ५ में २०२३ शुक्रबारका दिन कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा लामा गुरुहरू दा घले, वान्ज्यु लामा, छेसाङ लामा, छेदुप मोक्तान, रुद्र प्रसाद तामाङले मोलाम तथा छ्योई पाठ गरी प्राणी जगतको शान्तिको कामना गरिएकोछ । बुद्धले देखाएको शान्तिको बाटोमा लागि पर्न, संसारका प्राणीलाई समान दृष्टिले समान व्यवहार गर्न लामा गुरु डा घलेले आग्रह गर्नुभयो। भगवान बुद्धकोले देखाएको मुख्य मार्गहरू शान्ति, अहिंसा र मुक्तिको मार्गमा दत्त चित्त भएर लाग्नुपर्ने आजको आवशयकता भएको बताउनुभयो ।

संस्थाको अध्यक्ष इन्द्रबहादुर तामाङले छ्युमी बालेर उदघाटन गरीएको कार्यक्रममा बौद्धमार्गीहरुको बाक्लो उपस्थिति रहेको थियो । नेपाल, भारत, चीन, म्यानमार,भुटान, बंगलादेश, भियतनाम, मंगोलिया, श्रीलंका, अमेरिका, थाइल्याण्ड, जापान, कोरिया लगायत विश्वका धेरै देशहरूमा आजको पूजा आराधाना गरी भगवान गौत बुद्धका जन्म जयन्ती मनाईन्छ ।शान्तिका अग्रदूत महामानव गौतम बुद्धको जन्म आजकै दिन अर्थात वैशाख पूर्णिमाको जन्म भएको हो साथै बुद्धत्व प्राप्तिको दिन पनि यही र महानिर्वाण प्राप्त गरेको दिन समेत भएकोले बौद्धमार्गीहरुले बैशाख पुर्णिमालाई विषेश महत्वको रुपमा लिने गर्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार