कतारमा कार्यरत किरातीले मनाए उँभौली

  सगरमाथा मेल संवाददाता  343 पटक हेरिएको

दोहा (कतार) । कतारमा स्थापित दुइ किरात हरु किरात राई यायोख्खा कतार/सुनुवार सेवा समाज कतार मिलेर साकेला सिलि र सालिवा स्यादर पिदार ५०८३ उभौलि ५ मे २०२३ शुक्रबार का दिन सम्पन्न गरेको हुन ।

कार्यक्रमको सभापति सुनुवार सेवा समाज कतारको अध्यक्ष निर बहादुर सुनुवार र प्रमुख अथितिमा आदिवासी जनजाति महासंघ कतारका कार्यवाहक अध्यक्ष भाई काजि गुरुङको प्रमुख आथित्यमा व्यानर अनावरण गर्दै दिप प्रज्वलनको साथमा नेपालि रास्ट्रिय गान सहित ” यो भुमि चुम्ने ” किराति रास्ट्रिय गान मार्फत कार्यक्रम लाई अगाडि बढाइएको थियो उभौलि कार्यक्रमलाई मुल समारोहका सह संयोजक किराया शाखा कतारका अध्यक्ष शङ्कर मान राई ज्युले सस्था र कार्यक्रमको उदेश्य लाई प्रष्ट पार्नु भएका थिए । कार्यक्रम लाई सहजीकरण किराया शाखा कतारका सचीव राजु राइले गरेका थियो ।

किराति सुनुवार ले आफ्नो मैलिक झाकि श्यादर शिलि र किराति राईले साकेला शिलि प्रस्तुत गरेका थिए । कार्यक्रमका विशेष अथितिमा गैरआवासिय नेपालि संघ कतार , बैचारिक सस्था, महासंघ कतार आबद्ध मात्री सस्थाहरु , प्रदेश, जिल्ला , पत्रकार , साहित्यिक साथै समाजसेवी रहेका थियो । उभौलि कार्यक्रमलाई सब्य र भब्य बनाउन सुनुवार सेवा समाजका सास्कृति संयोजक कमल सुनुवारले समन्वय गर्दै उस्थिति अथिति र दर्शकलाई विभिन्न बिदाका नित्य गान मार्फत भर पुर मनोरञ्जन गराएका थिए । उभौलिको सुभकामना मन्तव्य राख्दै गर्दा खोटाङ जिल्ला सस्थाका अध्यक्ष कैलाश श्रेष्ठ ज्युले अहिले भइ रहेको पुर्बमा एक नम्बर प्रदेश कोशि नाम पछि आन्दोलन भइ रहेका अबस्था पहिचान पक्षधार मात्री सस्थाका व्याक्ति हरुले केहि नबोलेका गुनासा गर्दै हिजो तिन किरातिको ब्यानर देख्दै गर्दा आज दुइ किराति मात्र देख्नु दुख ब्यक्त पनि गर्नु भयो । एक नम्बर प्रदेशमा भएका आन्दोलन लाई समर्थ र एक्यवद्धता जनाउदै पहिचान के हो ?

किरात के हो जाति हो कि सभ्यता हो यो बुझ्न आग्रह गर्दै किरात कुनै जात हैन त्यो सभ्याता हो । यदि त्यस्तो कुनै सङ्का लाग्छ भने माझ किरात आउन समेत आनुरो गरेका हुन श्रेष्ठले हामिले खाने अन्नको शिर्जना हामिले लाउने खाडिको लपडा त्यहि किरातहरुले यस्को सुरुवात गरेका हुन भन्दै माझ किरात हलेशि तुवाचुङ गएर हेर्नुस त्यसपछि किरात केहो भन्ने बुझिन्छ भन्दै प्रष्ट पार्नु भयो । मन्तव्यकै क्रममा गैरआवासिया नेपालि संघ कतारका अध्यक्ष मोहम्मद मुक्तदा ले यस्ता कुनै पनि कार्यम गर्नु पर्दा अप्रुवल लिएर गर्नु पर्ने भन्दै । कार्यक्रम भब्य रहेको बताए यसै क्रममा मगर संघ का अध्यक्ष ज्युले तिन किराति हरु बिगतमा झै एक भएर कार्यक्रम गरे राम्रो हुने समेत बताए भने चुम्लुङका अध्यक्ष हर्क खजुम ज्युले तिन किरातिको एकता चाडै नै हुने पनि बताए थिए ।

कार्यक्रमका प्रमुख अथिति भाइ काजि गुरुङ लगाएयत वक्ताहरुले प्रवासमा रहेर पनि आफ्नो मौलिक धर्म, सस्कार सस्कृति, चाडहरु मनाउन र जोगाउन उल्लेखनीय भुमिका खेलेकोमा धन्यवाद व्याक्त गर्दै सुभकामना मन्तव्य राखेका थिए । किरात समुदयमा बैशाख पुर्णिामाको सिजनमा अन्नबालि लगाउने र लगाएका बालिनालि सप्रीयोस भनेर भुमि र आफ्नो पितृलाई पुज्दै चेलिमाइति नर नाता बिच ढोल झ्याम्ट बजाई प्रकृति पुजि नाच्ने प्रचलन रहेको बताउदै । अन्तमा कार्यक्रम संयोजक निर बहादुर सुनुवार ज्युले सम्पुर्ण उपस्थित संघ सस्था पत्रकार उपस्थिति दाजुभाइ दिदिबहिनी हरुलाई पनि धन्यवाद ज्ञापन गर्दै उभौलिको सुभकामना दिदै कार्यक्रमलाई समापन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार